जानकारी सम्बन्धमा ।
हिजो मिती 2079/04/17 गतेका दिन ई.प्रतिक दैनिक तथा अन्य सामाजिक संजालमा प्रकाशित यस नगरपालिकाका नगर प्रमुख ज्युले आफ्नो घर मासिक 1,05,000/-मा नगरपालिकालाई भाडा मा दिएको र निजको निजी स्कार्पियो मासीक रु.1,00,000/- मा भाडामा दिएको भन्ने सुचना प्रती यस कार्यालयको ध्यानाकर्षण भएको छ। तत् सम्बन्धमा नगर प्रमुखको घर भाडामा लिने सम्बन्धमा यस कार्यालय र घर धनि बिच हाल सम्म् कुनै समझौता नभएको र भाडा सम्बन्धी कुनै जानकारी यस कार्यालयलाई थाहा नभएको र निजको निजी स्कार्पियो सम्बन्धमा यस कार्यालयको आफ्नै तिन वटा चार पांग्रे गाडी भएको र भाडामा लिन आबश्यक्ता पनि न भएकोले सोबारे कुनै कुराकानि समेत पनि नभएको हुँदा प्रकाशित सुचना प्रती भ्रममा नपर्न सर्बसाधारण मा जानकारी साथ अनुरोध छ।