आज यहि मिती 2079 साल भाद्र 29 गते बुधबारका दिन ५८ औं रास्ट्रीय बाल दिवसको अवसरमा नगरपालिका स्तरिय अन्तर विधालय हाजिरि जवाफ प्रतियोगितामा यस नगरपालिका अन्तर्गतका ५ वटा माध्यमिक विधालयका कक्षा १० मा अध्य्यनरत 3 जना छात्रा र 2 जना छात्र गरि प्रत्येक विधालय बाट सहभागी गराइएको थियो । आसमान नेपालको सहयोगमा भएको उक्त कार्यक्रम वडा नं 3 को श्री महावीर साह माध्यमिक बिधालयमा आयोजना भएको र कार्यक्रमको सभापतिमा सोही विधालयका प्र.अ.श्री मनोज कुमार साह , प्रमुख अतिथीमा बहुदरमाइ न.पा.को नगर उप-प्रमुख श्रीमती सुष्मा कुमारी कुशवाहा, अतिथीमा पार्वती पौडेल, बिजय कुमार साह,भाष्कर कुमार पाण्डेय,चन्दन यादव लगायत सहभागी रहेको विधालयका प्र.अ. र शिक्षक समेतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्ने श्री ने.मा.वि.डकैला बहुअरी, द्विततिय श्री ने.रा सिताराम महतो तृतियमा श्री महाविर साह मा.बि.नगरदाहां हासिल गर्न सफल भएको जानकारी गरिन्छ।