FAQs Complain Problems

यस बहुदरमाई नगरपालिका अन्तर्गत न्युन तलबमा कार्यरत कर्मचारीलाई प्राेत्साहन भत्ता।

यस बहुदरमाई नगरपालिका अन्तर्गत न्युन तलबमा कार्यरत कर्मचारीलाई प्राेत्साहन भत्ता।
यस बहुदरमाई नगरपालिका अन्तर्गत न्युन तलबमा कार्यरत कर्मचारीलाई प्राेत्साहन भत्ता।

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु द्वारा यस बहुदरमाई नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप मासिक रु २ हजारकाे दरले ४ महिनाको रु ४ लाख २५ हजार रुपैया वितरण गरियो । ;यस नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९ जना, विद्यालय कर्मचारी २८ जना, महिला स्वयसेविका ९ जना गरी कुल ६६ जना न्यून तलबमा कार्यरत रहेका छन् , जसकाे मासिक तलब रु ६ हजार देखी ८ हजार सम्म रहेकाे छ ।उनीहरुलाई नै नगरपालिकाले थप मासिक रु २ हजारकाे दरले प्राेत्साहन भत्ताकाे रुपमा दिदै आएकाे छ । साेही रकम बराबरकाे चेक आइतबार मेयर नितेन्द्र साहले सम्बन्धित विद्यालयका प्रअहरुलाई चेक हस्तान्तरण गर्नु भएकाे छ । चेक हस्तान्तरण गर्दै मेयर साहले न्यून तलबमा कार्यरत कर्मचारीहरुकाे मनाेबल बढाउन नगरपालिकाकाे आन्तरिक काेषबाट प्राेत्साहन भत्ताकाे रुपमा वितरण गरियो ।

आर्थिक वर्ष: