FAQs Complain Problems

बहुदरमाई नगरपालिका बासीलाई नि:शुल्क रक्त उपलब्ध गराइदिन अग्रिम भुक्तानी।

नगर प्रमुख ज्यु चेक हस्तानान्तरण गर्दै।
नगर प्रमुख ज्यु चेक हस्तानान्तरण गर्दै।

आज यहि मिती 2077 साल पुष 16 गते यस बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहज्यु ले  बिहिबार आफै नेपाल रेडक्रस साेसाइटी वीरगंजमा पुगी रु एक लाख बराबरकाे चेक हस्तान्तरण गरेका हुन् । मेयर ज्युले नगरवासीहरुलाई आजदेखी नि:शुल्क रक्त उपलब्ध गराइदिन साे वापतकाे अग्रिम भुक्तानीकाे चेक रेडक्रस पर्सा शाखाका अध्यक्ष बिरेन्द्र राज कडेललाई हस्तान्तरण गरेकाे रेडक्रसका राजन श्रीवास्तवको उपस्थिति मा भयो । साे अवसरमा नेपाल रेडक्रस साेसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम मियाँ लगायतकाे पनि उपस्थिती रहेकाे थियाे । केही समय पहिला रेडक्रस उपशाखा रामनगरीकाे एक कार्यक्रममा मेयर साहले नगरवासीहरुलाई निशुल्क रक्त उपलब्ध गराउने घाेषणा गरे अनुसार आज साे वापतकाे भुक्तानीकाे चेक हस्तान्तरण गरे।

नगरपालिकाकाले रक्त वापतकाे लाग्ने शुल्क वापतकाे रकम उपलब्ध गराएकाे बताउदै नगरवासीलाई आजै देखी निशुल्क रक्त उपलब्ध गराइने नेपाल रेडक्रस साेसाइटी रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए । एक पाेक्ता रक्त उपलब्ध गराए वापत लाग्ने शुल्क रु एक हजार ५० काे दर नगरपालिकाले नै उपलब्ध गराउने भएपछि हामी निशुल्क उपलब्ध गराउने उनले जनाए ।    

यस्तै, नगरपालिकाले विपद व्यवस्थापन काेषबाट रेडक्रस उपशाखा रामनगरी, गम्हरिया र बिश्रापुरलाई पनि रु ५० हजारकाे दरले उपलब्ध गराउन लागेकाे लेखापाल उपेन्द्र साहले वताए । नगरपालिका अन्तर्गतकाे ३ वटै रेडक्रसकाे उपशाखाहरुलाई अनुदान वापत विपद काेषकाे लागि उपलब्ध गराइने रु एक लाख पचार हजारकाे चेक काटी सकेकाे उनले जानरकारी दिए ।

आर्थिक वर्ष: