आज यही मिती २०७६ साल असार २ गते यस बहुदरमाइ नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्यु को अध्यक्षता तथा प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्व मंत्री माननीय अजय चौरसिया ज्युको प्रमुख अतिथ्यमा नगरदाहा ,बहुअरी ,गमहरिया देखी पर्सागढ़ी सिमाना सम्म सडक योजना को सिलान्यास कार्यक्रम सम्पन्न भयो। उक्त सिलान्यास कार्यक्रम मा कार्य ठेकेदार सुरेस प्रसाद कुर्मी ज्यु,तथा नगरदाहा वडाको वडा अध्यक्ष श्री दिनेश प्रसाद यादव ज्यु,सब-इन्जिनियर इश्वर देव यादव ज्यु तथा नगर का बरिष्ठ व्यक्तिहरुको उपश्तिथि थियो।
नगरदाहा ,बहुअरी ,गमहरिया देखी पर्सागढ़ी सिमाना सम्म सडक योजना ५.५ करोड को योजना जुनकी मात्र ३ करोड ४७ लाखमा टेन्डर प्रक्रिया बाट ठेकेदार श्री सुरेस प्रसाद कुर्मी ले स्वीकारेको हो। र यस प्रोजेक्ट को कार्यावधि यो असार महिना देखि १ बर्ष भित्र सम्म को हो।