FAQs Complain Problems

दुबई गएर अलपत्र परेका थप ४ जनालाई नगर प्रमुख नितेन्द्र प्रसाद साह द्वारा उद्धार गरियो।

दुबई गएर अलपत्र परेका थप  ४ जनालाई नगर प्रमुख नितेन्द्र प्रसाद साह द्वारा उद्धार गरियो।
दुबई गएर अलपत्र परेका थप  ४ जनालाई नगर प्रमुख नितेन्द्र प्रसाद साह द्वारा उद्धार गरियो।

यहि मिति २०७८-०७-२१ गते बहुदरमाई नगरपालिका वडानं ६ गम्हरियाबाट दुबई गएर अलपत्र परेका ४ जनालाई बहुदरमाई नगर पालिकाका नगरप्रमुख नितेन्द्र साहले उद्वार गरि घर पठाएका छन ।केही दिन अगाडी रोजगारको लागि दुबई गाएका बहुदरमाई नगरपालिका वडानं. ६ गम्हरियाका संजय हजरा, बिजय हजरा, बिशाल हजरा र अवधकिशोर राम अलपत्र अवस्थामा रहेका थिए ।

रौतहट जिल्ला बरहथवाका बिदेश पठाउने एजेंट सुरेन्द्र यादवले बिदेश काम गर्न हामीसंग दुई लाखको दरले चार जना युवासंग दुबईमा पठाएको पिडीत युवा संजय हजराले बताएका छन । एजेंट यादवले ती चार जनालाई ललाई फकाई दुबईमा पुर-याएपछि त्याहा कम्पनीले  १८/१९ घन्टा क्लिनरको काममा लगाई २४ दिन गरेको मजदुरी मध्ये एक रुपैया पनि खानको लागि नदिई बंधक बनाई सोसन गर्दै आएका थिए ।

नेपालको रौतहट जिल्लाको बरहथवाका एजेन्ट सुरेन्द्र यादवले दुबईमा चक्लेट फैक्ट्रीमा काम लगाउछु र दुबईको १३ सयको महिना पाईन्छ भन्दै भिजीट भिसामा पठाई अलपत्र पारेका थिए । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहले केही दिन अगाडी दुबई भ्रमण गएपछि पिडित परिवारजनले सुचना पाए लगतै मेयर नितेन्द्र साह संग सम्पर्क गरेका थिए ।

भ्रमणको समय पुरा नगरी नगरप्रमुख नितेन्द्र साह र नजदीकका राहुल यादवलाई जिम्मा लगाई दुबईको प्रोसेश र ब्यक्तीगत लगानी गरि केही दिन अगाडी बहुदरमाई नगरपालिका वडा नं. २ का दुबई गाएर अलफत्र परेका ७ जनालाई उद्वार गरि घर पठाएका थिए ।

सोही मध्ये बाँकी दुबईमा अलपत्र परेका ४जनालाई आज एक कार्यक्रमका बीच नितेन्द्र साहले उद्वार गरि घर पठाएका छन ।

बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरीका राहुल यादव र दुबई बस्दै आएका कलैया बारा नेपालका बिनोद यादवको सहयोग र नगरप्रमुख नितेन्द्र साहको ब्यक्तीगत लगानीमा गम्हरियाका अलपत्र परेका चार जनालाई नगरप्रमुख साहले उद्वार गरि घर सम्म पुर-याएका छन ।

पिडीत उद्वार भएका चार जनाले नगरप्रमुख नितेन्द्र साह संग आ-आफ्नो दुखेस पोखेका थिए । आउदो दिनमा फेरी नगरपालिका बासीहरुकलाई कुनै समस्या परे जनधनको रक्षाको लागि सधै त्यार रहने नगरप्रमुख नितेन्द्र साहले प्रतिबद्धता गरेका छन ।

आउदो दिन नगरपालिका संग छर छिमेकका युवाहरु बिदेश जानेले जानकारी गराई मात्र जान नगरप्रमुख नितेन्द्र साहले आग्रह गरेका छन ।

बहुदरमाई नगरपालिका वडानं. ६ का वडाध्यक्ष केदारनाथ तिवारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साह, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गम्भिरा साह,  राहुल यादव, राजदेव साह, अनील पटेल, वडानं.२ का वडाध्यक्ष जितेन्द्र पटेल, ईम्माम मियाँ, जयनाथ साह, लगायत स्थानियहरुको सहभागिता रहेको थियो।

आर्थिक वर्ष: